काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीमाथि टिप्पणी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले आफ्नै पार्टीलाई लिएर टिप्पणी गर्दै दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका हुन्।
‘अब दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन। दुई जना मन्त्री बनायौँ। कार्यनीतिक रुपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकतावद्ध गर्ने हो,’ उनले भने।
यस्तै, उनले वैचारिक, सैद्धान्तिक दिशालाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै जनतालाई दलाल पुँजीवादका बिरुद्ध गोलबन्द गराउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिन हुँदैन : झलनाथ खनाल
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल