काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीमाथि टिप्पणी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले आफ्नै पार्टीलाई लिएर टिप्पणी गर्दै दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका हुन्।
‘अब दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन। दुई जना मन्त्री बनायौँ। कार्यनीतिक रुपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकतावद्ध गर्ने हो,’ उनले भने।
यस्तै, उनले वैचारिक, सैद्धान्तिक दिशालाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै जनतालाई दलाल पुँजीवादका बिरुद्ध गोलबन्द गराउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल