विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १५ : ५०
विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने

काठमाडाैं । एनआईसी एशिया बैंकले विदेशबाट आएको रेमिट्यान्स रकम मोबाइल बैंकिङ एपमार्फत बुझ्न सकिने सेवाको शुरुवात गरेको छ । डिजिटल फस्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको बैंकले नयाँ सेवाको शुरुवात गरेको हो । यो सेवामार्फत ग्राहकहरूले विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सक्नेछन् ।

 

यो सेवा शुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरूले आफूलाई आएको रेमिट्यान्स रकम बैंकमा रहेको आफ्नो खातामा डिपोजिट गर्न सक्नेछन् ।डिजिटल कारोबारमा आम ग्राहकहरूको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिट्यान्स रकम बुझ्नको लागि एनआईसी एशिया बैंक भित्रको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र यूनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवापश्चात् ग्राहक महानुभावहरूलाई रेमिट्यान्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने वाध्यताबाट मुक्ति मिल्ने बैंकको विश्वास छ ।एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो ।

यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ४ सय ७३ एटीएम, १ सय ९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस