काठमाडौं । संवैधानिक आयोहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताएका छन् ।बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको छलफलमा बोल्दै अध्यक्ष डा.दत्तले संवैधानिक आयोगहरु नेपाल सरकार मातहातका निकाय नभएको बताए ।
बरु आयोगहरु सरकारलाई खबरदारी गर्ने निकाय भएको भन्दै उनले सरकारले आफु अन्तर्गतको निकाय जस्तो व्यवहार आयोगलाई गर्नु दुखद रहेको गुनासो गरे ।अध्यक्ष डा.दत्तले अत्याधिक न्यून बजेट र सिमित स्रोत साधनबीच पनि मधेशी आयोगले आफ्नो संबिधान प्रदत्त अधिकारलाई उपयोग गरी अहोरात्र मधेशी समुदायको सशक्तिकरणमा काम गरिरहेको दावी गरे ।
आयोगले नेपालको इतिहासमा पहिलो पल्ट औपचारिक रुपमा “मधेशी“ शब्दको परिभाषा. मधेशी समुदायको राज्यमा पहुचं, मधेशी समुदायको थर सूचीकरण जस्ता ऐतिहासिक कामहरु गरेको अध्यक्ष डा.दत्तले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १६ : ५६
लेखकबाट थप