तीन वर्षमा कुल भर्ना दर बढ्यो

पत्रपत्रिकाबाट

मंगलबार, ०५ असार २०८०, ०८ : ३०
तीन वर्षमा कुल भर्ना दर बढ्यो

काठमाडौं । विगत तीन वर्षमा पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहमा विद्यार्थी भर्ना दर बढेको छ ।

आर्थिक वर्ष २०७६ देखि २०७९ सम्मको तथ्याङक विश्लेषण गर्दा तुलनात्मक रूपमा आ.व. २०७८/०७९ मा पूर्व प्राथमिक शिक्षामा भर्नादर ३ प्रतिशत बढेको छ ।

विगत तीन आर्थिक वर्ष २०७६/०७७, २०७७/७८ र २०७८/०७९ मा क्रमशः ८६ दशमलव २, ८७ दशमलव ६ र गत आबमा ८९ दशमलव ६ प्रतिशतले भर्नादर वृद्धि भएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस