काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ ।
पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो ।
उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा ढकाल र सहमहामन्त्री बुर्लाकोटी रहनुभएको सो पार्टीले जनाएको छ । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले जनाइएको छ । उक्त दस्तावेजमाथि पटकपटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने तयारी रहेका सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय