काठमाडौं । सरकारले गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई रोक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।
मन्त्रालयले नेपालको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभदपूर्ण लिङ्ग छनौटको अन्यका लागि राष्ट्रिय रणनीतिक २०७८-२०८८ मा समोत विभदेपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको स्मरण गराउदैँ परिपत्र गरेको हो ।
मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुननत दण्डनीय अपराध मानेको भन्दै आफ्ना मातहतमा रहेका स्वास्थ्य संस्थामा त्यस्ता गतिबिधि नहुने वातावरण तयार गर्न स्थानीय तहलाई परिपत्र गरेको हो ।
मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ मा कसैले गर्भपतन गराउने उघेश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन र त्यसरी लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउनु हुदैँन ।
उपदफा ८ को क मा गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउनेलाई थप एक वर्षसम्म कैद गरिने व्यवस्था छ ।
यस्तै सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा कसैले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउने नहुने भनिएको छ ।
यदि गर्भवती महिलालाई गर्भको लिङग पहिचान गर्न डर वा त्रास देखाई वा करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी वा अनुचित प्रभाव, झुक्यानमा पारी, जोर जुलुम गरी दबाब दिन वा बाध्या पार्न नपाइने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह