उपप्राध्यापक प्रेम चलाउने पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १३ : ००
उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई पक्राउ गरेको छ ।

चलाउने सरकारले आफूमाथि आक्रमण र हातपात गर्नेको मुद्दा फिर्ता लिन खोजेको भन्दै त्यसबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुग्नुभएको थियो । चलाउनेले अदालतभित्र होहल्ला गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका योगेन्द्र रावल र हरि आचार्य लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।

मुद्दाको पेशी असार ५ गते तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।मुद्दा फिर्ता नलिन र आफूलाई न्याय दिन भन्दै चलाउने लगायत उनी पक्षधर ब्यक्तिहरु जिल्ला अदालत पुगेका हुन् । २०७७ असोज २०मा त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो। आफूमाथि आक्रमण गरेको भन्दै चलाउनेले रावल र आचार्य लगायत बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस