काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ ।
पार्टी स्थापना दिवसकाे कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको हो ।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।
रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथी पनि छलफल हुने उनले जानकारी दिए ।
महामन्त्री मुकुल ढकालकाे संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईं सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्तावेजमा उल्लिखित शासकीय स्वरूप, संघीयतालगायतका बिषयमा केन्द्रिय नेताहरु बिचमा नै बिबाद देखा परेको छ । सो बिषयमा पनि प्रारम्भिक छलफल हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन