काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा भोलिदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाइने भएको छ । हालै प्रदर्शनमा आएको भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने डायलग भारतमा नहटाइएपछि महानगरले महानगरभित्रका हलहरूमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट उक्त समस्या हल गर्न अनुरोध गरेका थिए । तर, तीन दिन बितिसक्दा पनि उक्त डायलड नहटाइएपछि मेयर बालेलन एक्सनमा उत्रिन बाध्य भएका हुन् ।
मेयर बालेनले उक्त विवादित डायलड नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने चेतावनी उक्त पत्रमार्फत दिएका थिए । तर, हालसम्म पनि उक्त विवादित संवाद नहटाइएपछि आइतबार बेलुकीसम्म हलहरुमा पुगेर महानगर प्रहरीले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन नगर्न निर्देशन दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह