काठमाडौँ । ताप्लेजुङका विभिन्न संघ–संस्थाले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने भएका छन् । पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएर आफूहरूको अपमान गरेको आरोप लगाउँदै विभिन्न संघ–संस्था भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।
जिल्लाको खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई प्रवेश निषेध घोषणा गरेका हुन्। विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको आरोप लगाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको ती संघसंस्थाको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई