नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १८ : २५
नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउपछि हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्ष थुनामा राख्न आदेश दिइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले उनीहरुलाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो । थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।

शरणार्थी प्रकरणमा आरोपित ३० जनामध्ये १८ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेर हिरासतमा राखेर अनुसन्धानमा रहेका १८ प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्न आदेश दिइएको छ ।

महर्जन र राईबाट ५ लाख र १० लाख धरौटीमा माग गरिएको छ । बाँकी १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालतमा ११ दिनसम्म लगातार थुनछेक बहस चलेको थियो । हालसम्म यस प्रकरणमा मुछिएका १२ जना भने अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस