मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत : योगेशकुमार भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १२ : १८
मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत : योगेशकुमार भट्टराई

काठमाडौं । नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुगेका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताए ।

मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए । सचिव भट्टराईले प्रदेशको विकासका लागि कोही पनि बिरोधी बन्नु नहुने बताए । उनले एमालेबाट पदेश विकासमा कुनै बिरोध नहुने स्पष्ट पारे ।

फरक प्रसंगमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको ईशारामा बजेट ल्याइएको आरोप लगाए । केही पुँजीपतिहरुलाई फाइदा पुर्याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस