काठमाडौं ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनु भएको छ । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरुसंगको सामूहिक भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रश्तुत गरिएको हो’, उहाँले भन्नुभयो, ‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने गर्छन् । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने भन्ने बहस भइरहेको छ । त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढौं । त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नउठाउने, खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ: अर्थमन्त्री वाग्ले
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ