काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन ।
यस खेल रद्द भएसँगै नेपाल र भारत ‘ए’ ले समान एक/एक अङ्क बाँडेका छन् । अङ्क बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ ।थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन् ।
नेपालले दुई खेलपछि एक अङ्क जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हङकङसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित