समयमै भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त हुनसक्छः विराजभक्त श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १४ : १३
समयमै भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त हुनसक्छः विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले केन्द्रदेखि स्थानीय तहसम्मै नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नीतिगत भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नखोज्ने हो भने संघीयताको औचित्य नै समाप्त हुने उनले बताए । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने संघीयताको आकर्षक नारासहित नीतिगत भ्रष्टारचार पनि गाउँगाउँमा फैलिएको उनको भनाई छ ।

‘नीतिगत भ्रष्टाचार गाउँगाउँमा फैलिसकेको छ । भ्रष्टाचार प्रभावकारी ढंगले नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त हुनसक्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा अनेकौं पटक संशोधन भइसक्दा पनि नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शंकास्पद छ,’– उनले भने ।

 

प्रतिक्रिया दिनुहोस