नक्कली शरणार्थी प्रकरणमा सलंग्‍नलाई कारबाहीको माग गर्ने अधिकारकर्मी पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १३ : ४२
नक्कली शरणार्थी  प्रकरणमा सलंग्‍नलाई कारबाहीको माग गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौँ  । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मीहरु पक्राउ परेका छन् ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस