विराटनगरमा आज दिनभर विद्युत अवरुद्ध हुने

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १३ : ३०
विराटनगरमा आज दिनभर विद्युत अवरुद्ध हुने

विराटनगर । बुधबार रातिको हावाहुरीले विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण आज विराटनगरमा अवरुद्ध हुने भएको छ। हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 

विद्युत लाईन अनियमित हुँदा औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत विद्युतबाट सञ्चालन हुने कामहरु सबै ठप्प भएका छन् । ढालेका पोलहरुको मर्मत भैरहेको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ ।विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस