कांग्रेस पार्टीगत हिसावले चल्न सकेन : नेता केसी

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, १६ : ४२
कांग्रेस पार्टीगत हिसावले चल्न सकेन : नेता केसी

काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियान अन्तरगत प्रदेश(१ को कार्यक्रम सम्पन्न भएको छ । बुधबार प्रदेश-१ को कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसीले रूपान्तर अभियान प्रदेश १ को कार्यक्रम सम्पन्न भए सँगसँगै अन्त्य भएको बताए । 

कांग्रेस पार्टीगत हिसावले नचलेको भन्दै उनले पार्टी भित्रका व्यक्तिहरूबाटै विधान मिच्ने काम भएको बताए ।  उनले नेतृत्वहरूलाई सफा नबनाएसम्म तल्लो तहमा सफाई नहुने आम सर्वसाधारणले अभियानका क्रममा बताएको बताए । 

केसीले नेपाली कांग्रेस पार्टीभित्र बसेर प्रत्येक सदस्यको भावनालाई नबुझ्ने र एकल ढंगले आफूले जे गर्यो त्यही नै ठिक भन्ने प्रवित्ति निरङ्कुश रहेको बताए ।  केसीले माथिका तहले गरेको निर्णयमाथि कसैले पनि केही बोल्न नहुने र नपाउने अवस्थामाथि छानबिन गर्न आवश्यक रहेको बताए । उनले यस्तो अवस्थाले पार्टी नै संकटतर्फ अगाडि बढिरहेको बताए ।
 

प्रतिक्रिया दिनुहोस