प्रशिक्षणमा फर्किए मेसी, बार्सिलोनाको पहिलो खेल कहिले ?

एजेन्सी

बुधबार, १६ साउन २०७५, ०८ : ५३
प्रशिक्षणमा फर्किए मेसी, बार्सिलोनाको पहिलो खेल कहिले ?

एजेन्सी । रसियामा हालै सम्पन्न विश्वकप फुटबलपछि लामो समय छुट्टीमा रहेका अर्जेन्टिनी स्टार लियोनल मेसी बार्सिलोना फर्किएका छन् । विश्वकपमा नकआउट चरणको पहिलो खेलबाटै बाहिरिएका उनी करिब एक महिनाको बिदापछि क्लबको प्रशिक्षणमा फर्किएका हुन् । उनले हिजो (मंगलबार) मेडिकल गरेपछि प्रशिक्षण थालेका छन् ।

मेसीसँगै स्पेनका जोर्डी अल्बा, जेरार्ड पिके र सर्जियो बुस्क्वेटस् समेत विदा पछि बार्सिलोना फर्किएका छन् । प्रि-सिजन टुरका लागि अमेरिकामा रहेको बार्सिलोना मेस्सी, पिके, अल्बा र बुक्वेट्स बिनै खेलिरहेको छ ।

आगामी १२ अगस्टमा हुने सेभिल्ला विरुद्धको स्पेनिस सुपरकपका लागि भन्दै मेसीसहितका खेलाडीले तयारी थालेका छन् । लालिगा अन्तर्रगत बार्सिलोनाले १८ अगस्टमा घरेलु मैदान नाउ क्याम्पमा आल्भेसविरुद्ध पहिलो खेल खेल्दै लिगको सुरूवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस