काठमाडौँ । संघीय संसद्मा समाचार संकलनका क्रममा कार्यरत पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकको निमन्त्रणा पाएका पत्रकार दंगाललाई मर्यादापालकबाट समाचार संकलनमा जुटिरहेको अवस्थामा माथिको आदेश भन्दै पाखुरामा समातेर बाहिर निकालेका थिए ।
महासचिव रोशन पुरीले स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका पत्रकारमाथि संसद्को मर्यादापालकबाट भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताएका छन् । ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान र ख्याल गरी यस्ता घटना दोहोरिन नदिई प्रेसमैत्री वातावरण तयार पार्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ पुरीले विज्ञप्तिमा भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
पत्रकार महासंघका पदाधिकारीको कार्यविभाजन, १३ विभागका संयोजक तोकिए
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित