नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा

पत्रपत्रिकाबाट

बुधबार, १६ साउन २०७५, ०८ : २६
नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा

काठमाडौँ । कप्तान पारस खडकाले टिम सूची म्याच रेफ्रीलाई बुझाउने छन् । टसको सिक्का सम्भवत: घरेलु टोली भएकाले नेदरल्यान्ड्सका कप्तान पिटर सिलारसँग हुनेछ ।

उनले ‘हेड अथवा टेल’ भन्नेछन्। पारसले त्यसमा एउटा छान्ने छन्। त्यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रमा प्रवेश गर्नेछ।

नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानले बुधबार नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बनाउनेछ। आईसीसी ११, एसिया ११, अफ्रिका ११ र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। नेपाल २७ औं टोली बन्नेछ।

हाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्र छन्। त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्नेछन्। टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्सले माथिल्लो वरीयतामा प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बाँकी अन्यले भने अर्को वरीयतामा खेल्नेछन्। अाजकाे कान्तिपुर दैनिककाे पहिलाे पृष्ठमा याे खबर तस्बिरसहित छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस