रोजिना गुरुङको पप गीत ‘क्युटी मैयाँ’ (भिडियोसहित)

बुधबार, ०५ पुस २०७४, १४ : ५२

चितवन ।  गायिका रोजिना गुरुङको डान्स पप गीत ‘क्युटी मैयाँ’ सार्वजनिक भएको छ । रोजिनाको स्वर रहेको यो गीत रोशन थापाले कम्पोज गरेका हुन् भने यसका एरेन्जर किरण तुलाधर रहेका छन् ।  
विद्याराज सिवाकोटीद्वादा लिखित क्युटी मैयाँको म्युजिक भिडियोमा रोजिना गुरुङ र अमिर शेखले अभिनय गरेका छन् ।
दीपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेको म्युजिक भिडियो शिवराम श्रेष्ठ र धन योञ्जन तामाङले खिचेका हुन् । लोकेश बज्राचार्यले सम्पादन गरेको ४ मिनेट ४० सेकेण्डको म्युजिक भिडियोका निर्देशक मोहनराज अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस