सोलुखम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ । समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।
यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको होण्। विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहदै आएको थियो ।
नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
फ्रान्समा ७६ वर्षयताकै अत्यधिक गर्मी, जनजीवन अस्तव्यस्त
इटलीमा गर्मी बढ्दै : ४० डिग्री सेल्सियस तापक्रम पुग्ने चेतावनी
गर्मी बढ्यो, दिनमा कति पिउने पानी ?
सुदूरपश्चिममा अत्यधिक गर्मी, जनजीवन प्रभावित
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै