नेपाली महिला क्रिकेट टोली हङकङ प्रस्थान

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १२ : २८
नेपाली महिला क्रिकेट टोली हङकङ प्रस्थान

काठमाडौं। एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली महिला टिम आज बिहान ११ बजे हङकङ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले आज बिहान ७ बजे नै राष्ट्रिय टिमको बिदाइ गरेको थियो ।

नेपालले यस प्रतियोगितामा समूह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोलीसँग खेल्नेछ । समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई छन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।खेल हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस