पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, ०६ : ४४
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ। 

मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका  ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका  ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका  थिए ।‌

सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस