बुटवल । लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको छ ।
धेरै पुराना कार्यक्रमलाई केही नयाँ नारा दिएर अगाडि प्रस्तुत गरिएको छ । भने केही नयाँ कार्यक्रममा रोजगारी तथा उत्पादनसँग जोडेर ल्याएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत पुराना कार्यक्रमलाई नयाँ नारा दिएर प्रस्तुत गरेको छ भने केही नयाँ कार्यक्रमलाई रोजगारी तथा उत्पादनसँग जोडिएको पनि छ ।
नीति तथा कार्यक्रममा प्रदेशमा रहेका गौरवका आयोजनालाई उच्च प्राथमिकता दिँदै प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा निर्माणाधीन भौतिक संरचना सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरी तीव्रता दिइने उल्लेख छ ।
त्यस्तै नदी सभ्यतामा आधारित राजधानीमा सुविधा सम्पन्न सहर विकासका लागि जग्गा एकीकरण (ल्यान्ड पुलिङ) कार्य तदारुकताका साथ अगाडि बढाइने सरकारले जनाएको छ ।
प्रदेश भित्रका सम्भाव्य स्थानमा नयाँ सहरको विकास गर्न प्रादेशिक सहरी विकास गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयन गर्न पाल्पाको रामपुर, कपिलवस्तुको महाराजगन्ज र दाङको कोइलावास तथा तुलसीपुरको सहरी पूर्वाधार विकास कार्यलाई अगाडि बढाउने सरकारले जनाएको छ ।
धेरै पुराना कार्यक्रमलाई केही नयाँ नारा दिएर अगाडि प्रस्तुत गरिएको छ । भने केही नयाँ कार्यक्रममा रोजगारी तथा उत्पादनसँग जोडेर ल्याएको छ ।सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरूप १२ वटै जिल्लामा सहरी र बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ ।
‘मेरो स्वास्थ्य: मेरो जीवन’, ‘पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० शय्याका जिल्ला अस्पतालमामा डाइलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगमा स्वास्थ्य उपचार लगायतका विषय कार्यक्रममा समेटिएका छन् ।
लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल र बिजौरिया आयुर्वेद अस्पतालको स्तर वृद्धि गरिने सरकारले जनाएको छ । त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शय्यामा र बिजौरिया आयुर्वेद अस्पताललाई ५० शय्याको बनाउने नीति कार्यक्रममा उल्लेख छ ।
यस्तै प्रदेश सरकारले अर्घाखाँचीको माला रानीमा रहेको बाख्राको सरकारी श्रोत केन्द्र र कपिलवस्तुको कृष्ण नगरमा बागवानीको सरकारी श्रोत केन्द्र सञ्चालनमा ल्याउने भएको छ । बिउ, बिरुवा तथा नस्लका प्राथमिक ।।।। लागि सरकारी श्रोत केन्द्र सञ्चालनमा ल्याउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सार्वजनिक भएको नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुख शेरचनले भने, ‘कृषि र कृषकलाई प्रवर्द्धन गर्न प्रतिफलमा आधारित प्रोत्साहन अनुदानलाई निरन्तरता दिइने छ । कृषि पेसालाई प्रर्यादित र सम्मानित बनाउन कृषि तथा पशुपति क्षेत्रमा उत्पादन तथा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने कृषकलाई सम्मान गरिने छ ।’
प्रदेशका बाह्रै जिल्लामा साना सिँचाइ आयोजनामार्फत ३०० हेक्टर सिञ्चित क्षेत्र विस्तार र सम्पन्न भएका ठुला सिँचाइ आयोजना बाणगंगा, प्रगन्ना, बबई, सिक्टा सिँचाइको प्रभाव क्षेत्रमा उपयुक्त बाली चक्रमार्फत २००० हेक्टर क्षेत्रफलमा बाली सघनता वृद्धि गर्ने कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने जनाएको छ ।
कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारले बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास गर्ने भएको छ । यस अन्तर्गत अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा सुन्तला जातका फलफूल र तरकारी उत्पादनलाई प्रवर्धन गरिने भएको छ ।
यस्तै पशुपक्षीतर्फ अर्घाखाँचीमा गाई र बाख्रा पालन व्यवसायलाई पकेट क्षेत्र कनाएर प्रवर्धन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।नीति तथा कार्यक्रममा ‘श्रमको सम्मानः लुम्बिनी प्रदेशको अभियान’का साथ प्रदेशलाई श्रमिकमैत्री बनाउन श्रम तथा रोजगार रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने जनाएको छ ।
रोल्पा र रुकुम पूर्वलाई अल्लो र कम्बल, प्युठानलाई अल्लो, दाङलाई छालाजन्य बस्तु र खुकुरी, गुल्मीलाई कफी, पाल्पालाई ढाका र करुवा, बर्दियालाई बेतबाँस, नवलपरासी (बसुप) लाई उखु र केरा तथा पटेरबाट निर्माण गरिने हस्तकलाका सामग्री उत्पादन हबको रूपमा विकास गर्दै जाने नीतिलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख छ । साथै, अन्य जिल्लामा पनि उत्पादन सम्भावना भएका वस्तु पहिचान गरी निजी क्षेत्रसँगको सहकार्यमा सीप र प्रविधि उपलब्ध गराइने उल्लेख छ ।
‘मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम’ बाट बेरोजगार युवा शक्तिलाई बजार माग र स्व–रुचि अनुरूप सीपमूलक तालिम प्रदान गर्दै उद्यमशीलताको विकासमार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना गर्न सङ्घको “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रम समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने