सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, १९ : ३५
सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस