ए डिभिजन लिग : आज तीन खेल हुँदै

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १० : ५९
ए डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदै छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्‌दी र न्युरोड टिमबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट शुरू हुनेछ ।रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेबाट शुरू हुनेछ । जुन खेलमा संकटा र फ्रेन्डस क्लब प्रतिस्पर्धा गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस