नेपाल र नेदरल्याण्डले बाँडे ट्रफी

एजेन्सी

सोमबार, १४ साउन २०७५, १० : १७
नेपाल र नेदरल्याण्डले बाँडे ट्रफी

काठमाडौँ । वर्षाले खेल प्रभावित भएपछि नेपाल र नेदरल्याण्डले एमसीसी स्पिरिट अफ क्रिकेट ट्रफी बाँड्न बाध्य बनेका छन् ।

त्रिकोणात्मक टी–२० प्रतियोगितामा वर्षा बाधक बनेपछि दुई टोलीले ट्रफी बाँडेका हुन् । दुवै टोलीले वर्षाले प्रभावित खेलमा एमसीसीलाई हराए पनि अन्तिम खेल भने अनिर्णित बन्न पुगेको थियो ।

नेदरल्याण्डले १६.४ ओभरमा ४ विकेटमा क्षतिमा १७४ बनाउँदा खेललाई रद्द गरिएको थियो । खेल बराबरीमा सकिएपछि दुई टोलीले ट्रफी बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस