सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले अझै पनि पूर्णता पाउन सकिरहेको छैन । सोमबार थप एक जना सदस्यलाई नियुक्त गरे पनि आयोगले पूर्णता पाउन सकेको छैन ।
मुख्यमन्त्री नियुक्त भएको झण्डै ५ महिना बितिसक्दा पनि आयोगले पूर्णता पाउन नसकेको हो । यसअघि आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट योगेन्द्रबहादुर शाही नियुक्त भएका थिए । सोमबार सत्तारुढ नेपाली कांग्रेसको कोटाबाट ऋषि खनाल सदस्यमा नियुक्त भएका छन् ।
सुर्खेत निवासी खनाल कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख दुर्गा केशर खनालका छोरा हुन् । उनले जेठ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार नियुक्त भएका उनले पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।
आयोगको अध्यक्षमा मुख्यमन्त्री, एक उपाध्यक्ष र दुई सदस्य रहने व्यवस्था छ । अब एक जना सदस्य नियुक्त गर्न बाँकी छ । यस्तै आयोगको पदेन सदस्यमा प्रमुख सचिव र सदस्यसचिवमा अर्थ मन्त्रालयको सचिव रहने व्यवस्था छ ।
उपाध्यक्षलाई प्रदेशको राज्यमन्त्री सरह र सदस्यलाई सांसद सरहको सेवा सुविधा दिइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई