सुर्खेत । कर्णाली प्रदेश सरकारले आज विश्व वातावरण दिवस मनाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपभोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृतिको सही तरिकाले उपभोग गर्ने कुरा र प्रकृतिसँग संघर्ष गर्ने कुरामा मानिसहरु पछि परिरहेको तर्क राखे । बिरुवा रोप्दै उनले मानिसले तत्कालको सुखका लागि दीर्घकालीन विपद् निम्त्याइरहेको बताए ।
प्लाष्टिकजन्य पदार्थबारे उनले त्यसको विकल्पमा धेरै कुराहरु भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए । उनले अगाडि भने,‘विगतमा विवाह समारोहमा सालको टपरी बुन्ने चलन र त्यसको प्रयोग गरिन्थ्यो तर, अहिले बजारबाट प्लाष्टिक ल्याउने र प्रयोग गर्ने काम भइरहेको छ । यो एउटा समस्यासँगै तत्कालको सुख खोजीका लागि दीर्घकालीन विपद् निम्त्याइरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह