काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका सांसद शिशिर खनालले दिएको अभिव्यक्तिप्रति सत्तापक्षका सांसद्ले नियमापत्ति जनाएपछि प्रतिरोधमा उत्तिएका लामिछानेले प्रधानमन्त्रीले बोल्न मिल्ने शब्द सांसदले बोल्न नमिलेको भन्दै सत्तापक्षको दादागिरीविरुद्ध डटेर प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : स्वर्णिम वाग्ले
डाक्टर कुट्नेलाई जेल हाल्नुपर्छ : गगन थापा
गठबन्धन सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भयो : केपी ओली
महिला आयोग प्रतिवेदन प्रतिनिधि सभामा पेश
यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
सिंहदरवार जलाउँछु भन्नेलाई कारबाही गर्नुपर्छ : देवेन्द्र पौडेल