रास्वपा सांसदले 'प्रधानमन्त्री भैंसी चढेर आए' भनेपछि प्रतिनिधिसभामा तनाव

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, १३ : १६
रास्वपा सांसदले 'प्रधानमन्त्री भैंसी चढेर आए' भनेपछि  प्रतिनिधिसभामा तनाव

काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्र्र्किएको बताएपछि संसदमा हंगामा भएको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी दिए । यसपछि प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेकाे भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरे । 

यसपछि एमालेसहितका सांसदहरु उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए । 

यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिए । यसपछि सत्तापक्षका सांसदले टेबुल ठोकेर स्वागत गरे भने प्रतिपक्षी सांसद आपत्ति जनाए । 

प्रतिक्रिया दिनुहोस