जाजरकोट । बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए ।
गाउँ–गाउँमा स्वास्थ्य संस्था भए पनि लिम्सास्थित स्वास्थ्य संस्थामा र सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्र अल्ट्रासाउण्ड सेवा उपलब्ध थियो । बारेकोटमै अल्ट्रसाउण्ड सेवा सुरु भएपछि यहाँका महिलाले निःशुल्क सेवा लिन थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकले आर्थिक अवस्था नाजुक भएका सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको उनको भनाइ थियो ।
यसअघि यहाँका गर्भवतीमध्ये ९० प्रतिशतले अल्ट्रसाउण्ड सेवा लिन पाएका थिएनन् । पहुँच तथा हुनेखाने परिवारका गर्भवतीले मात्र स्वास्थ्य सेवा लिए पनि अधिकांशले स्वास्थ्यपरीक्षण गराउने गरेका थिएनन् ।
घण्टौँ हिँडेर स्वास्थ्य सेवा पुग्नुपर्ने, त्यसमा पनि प्रभावकारी सेवा नपाउने भएपछि यहाँका महिला असुरक्षितरूपमा बच्चा जन्माउने गरेका थिए । अब गाउँमै स्वास्थ्यपरीक्षण हुने भएपछि खुसी लागेको बारेकोट–५ की आशा शाहीले बताइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ जेठ २०८०, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी
जाजरकोट भूकम्प प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा
नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत
जाजरकोटमा बढ्यो सुन्तला उत्पादन
जाजरकोटमा एक लाख ४१ हजारलाई दादुरा–रुबेलाविरुद्धको खोप
जाजरकोटमा राहत सामग्री सजिलो ठाउँमा मात्र केन्द्रित