काठमाडौं। काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरिए कारबाही गर्ने चेतावनी दिएको छ ।महानगरले शुक्रबार पुन: सूचना जारी गरेर काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारीले अटेर गरेर बसपार्कभन्दा बाहिरबाट बस छुटाएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘ १ असारदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सञ्चालन नगरे ट्राफिक प्रहरीसँग समन्वय गरेर कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ।’
साथै महानगरले धुलिखेल, बनेपा, साँखु सम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरेको छ ।यसअघि २९ वैशाखमा काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ निर्णय गरेको थियो।
उक्त निर्णय अनुसार लामो दूरीका बसहरु नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न नपाइने थियो। सोही अनुसार महानगरपालिकाले सूचना जारी गरेर सबै बस सञ्चालकहरुलाई अनुरोध गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह