सरकारले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍योः भुवन केसी

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, ११ : ३१
सरकारले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍योः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताए । उनले नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने कुराले खुशी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए ।

उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए ।

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रुपमा छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस