सार्वजनिक कार्यक्रममै लडे अमेरिकी राष्ट्रपति जो बाइडेन (भिडियो)

एजेन्सी

शुक्रबार, १९ जेठ २०८०, ११ : ०१
सार्वजनिक कार्यक्रममै लडे अमेरिकी राष्ट्रपति जो बाइडेन (भिडियो)

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन एक सार्वजनिक कार्यक्रममा लडेका छन् । अमेरिकी वायुसेवा एकेडेमीले आयोजना गरेको उपाधि वितरण कार्यक्रममा उनी लडेका हुन् ।

एक सैनिकलाई प्रमाणपत्र दिएर अघि बढ्ने क्रममा बाइडेन लडेका थिए । वायुसेना र अमेरिकी गुप्तचरका दुई सदस्यले उनलाई तत्काल उठाएका थिए । राष्ट्रपति बाइडेन सार्वजनिक कार्यक्रममै लड्खडाउँदै लडेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले राष्ट्रपति तन्दुरुस्त रहेको विज्ञप्ति जारी गरेकाे छ ।

ह्वाइटहाउसका प्रवक्ता वेन लाबोन्टले राष्ट्रपति बाइडेन वालुवाको बोरामा ठेस लागेका कारण लडेको स्पष्टिकरण दिएका छन् । ८० वर्षिय बाइडेनलाई यसअघि पनि सार्वजनिक कार्यक्रमहरुमै धेरै ठोक्किने घटना भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस