काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो ।
बिहीबार प्राप्त मूल्यसूची अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर आएको छ ।
पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आएपनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो ।
हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १ सय ५५ रुपैयाँमा बेच्दै आएको छ ।नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ ।€
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
घट्यो पेट्रोलियम पदार्थको मूल्य