बलात्कार आरोपमा युवा वैज्ञानिक रोका दुई दिनदेखी हिरासतमा

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १० : ५१
बलात्कार आरोपमा युवा वैज्ञानिक रोका दुई दिनदेखी हिरासतमा

दाङ । युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा दुई दिन प्रहरी हिरासतमा रहेका छन् ।तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरे पछि उनलाई पक्राउ गरिएको थियाे । 

दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार युवा बैज्ञानिक रोकालाई मंगलबार पक्राउ गरिएको र हिजाे दाङ जिल्ला अदालतवाट सात दिनकाे हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पछि अनुसन्धान सुरु भएकाे छ ।

घोराही- १६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउने देखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरे पछि चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस