नेपाली कांग्रेसकी सांसद मञ्जु खाणले लेखा समितिमा के भनिन् ?

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, १५ : ०७
नेपाली कांग्रेसकी सांसद मञ्जु खाणले लेखा समितिमा के भनिन् ?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद मञ्जु खाणले संसदीय समितिमा उपसमिति बनाउँदा सबै दलबाट सहभागिता हुने गरी समावेशी आधारमा बनाउनुपर्ने बताएकी छिन्। बुधबार सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उपसमितिमा सबै दलका प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएकी हुन् । उनले भनिन्–‘समितिको काम गर्न उपसमिति गठन गर्दै गर्दा धेरै साथीहरू आफ्नो आफ्नो पार्टीबाट आएका छौँ ।

सबैलाई समेटेर समावेशी गर्दा राम्रो होला भन्ने मेरो सुझाव छ ।’सांसद खाणमाथि नक्कली भुटानी शरणार्थी बनाएर ठगी कार्यमा रहेको संलग्न रहेका व्यक्तिबाट रकम लिएको आरोप लागेको थियो । त्यसबारेको अडियो सार्वजनिक भएपनि प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस