हरिकृष्णलाई प्रधानन्यायाधीश नियुक्त नगर्न माग गर्दै परेको रिट दरपिठ

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, ११ : ५७
हरिकृष्णलाई प्रधानन्यायाधीश नियुक्त नगर्न माग गर्दै परेको रिट दरपिठ

काठमाडौं। कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त नगर्न माग गर्दै परेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको छ ।

ध्रुवलाल श्रेष्ठले कानुनी रिक्तताका कारण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहित रिट लिएर सर्वोच्च गएका थिए । तर उक्त रिट दरपीठको आदेश भएको सर्वोच्च प्रशासनले बताएको छ ।

कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीलाई  प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदले गत वैशाख २५ गते सिफारिस गरेको छ । २७ गते संसद सचिवालयलाई जानकारी गराइएको थियो ।

सोही दिन संसद सचिवालयले संसदीय सुनुवाइ समितिमा पत्र पठाएपछि सुनुवाइको प्रक्रिया सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस