प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला हुँदै

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १४ : ४२
प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला हुँदै

काठमाडौं।प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० हुने भएको छ ।‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ मुख्य नाराका साथ एक महिनासम्म चल्ने मेला बुधवारबाट शुरू हुने नेपाली जुत्ता चप्पल उत्पादन समूहले जनाएको छ ।

जाउलाखेलस्थित खेल मैदानमा सञ्चालन हुने मेलाले स्वदेशी ब्राण्डलाई आम उपभोक्ताका बीचमा परिचित गराउनुका साथै स्वदेशी वस्तुको प्रयोगका लागि प्रेरित गर्ने नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको विश्वास छ ।३ हजारभन्दा धेरै मोडल र डिजाइनका जुत्ताहरू राखिएको मेलामा न्यूनतम २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मेला संयोजक दिवाकर गिरीका अनुसार मेलाले ५ करोड रूपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।नेपालको आर्थिक अवस्था सकारात्मक नभएको वर्तमान अवस्थामा महिना दिनसम्म चल्ने मेलाको ३ लाख जनाले अवलोकन गर्ने आयोजकको लक्ष्य छ । मेलामा प्रवेश निःशुल्क छ ।

प्रतिक्रिया दिनुहोस