राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

सफल खबर संवाददाता

आइतबार, १४ जेठ २०८०, १९ : ५५
राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

काठमाडौं । राष्ट्रपतिबाट कैद सजाय भोगिरहेका ४८२ जनाले माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन्। आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। 

दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस