बानेश्वरमा युवराज सफलमाथि कुटपिट

सफल खबर संवाददाता

शनिबार, १३ जेठ २०८०, १६ : २९
बानेश्वरमा युवराज सफलमाथि कुटपिट

काठमाडौं। काठमाडौंको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ । सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए ।

आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ । अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका सफल सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस