काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुलाई ५० हजारु रूपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।
रंगेहात पक्राउ परेका दुवै जनालाई ५० हजार रुपैयाँ विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछापको लिखु तामाकोशीका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद र २ करोड जरिवाना
लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्का भ्रष्टाचारमा दोषी ठहर
नयाँ सत्ता समीकरणमा लुटतन्त्र र भ्रष्टाचार मात्र चल्नेछ : राजेन्द्र महतो
चंखेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भ्रष्टाचारका फाइल रास्वपाका सांसदको खोलियोस् : रवि लामिछाने
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर