नक्कली शरणार्थी प्रकरण: अदालतमा आरोपीको बयान सुरु

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १३ : १६
नक्कली शरणार्थी प्रकरण: अदालतमा आरोपीको बयान सुरु

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको   छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।

यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।१४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ ।

प्रतिक्रिया दिनुहोस