काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ । रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन् ।
सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरुसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरुले रास्वपाको टोलीसँग भेट गरेको हो । भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको उनको भनाइ छ । ‘उहाँहरुले भ्रष्टाचार विरोधी हाम्रो कार्य र सुशासनमा पार्टीले गरेको काममा चासो राख्नुभयो । यो प्रयास राम्रो भएको बताउनुभयो’ बुर्लाकोटीले भने ।
चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न रास्वपाको माग
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
चितवनमा हुने जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल