नक्कली शरणार्थी प्रकरण : पाँचवटा अभियोगमा मुद्दा दर्ता

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १६ : ४३
नक्कली शरणार्थी प्रकरण : पाँचवटा अभियोगमा मुद्दा दर्ता

काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा दायर गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुरको अभियोगमा मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए । 

अहिले प्रहरी हिरासतमा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस