ट्रेलरमा उत्साहित भइयो, काँटछाँट भई फिल्म बकवास हुन थाल्यो : शिशिर खनाल

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १२ : ३१
ट्रेलरमा उत्साहित भइयो, काँटछाँट भई फिल्म बकवास हुन थाल्यो : शिशिर खनाल

काठमाडौं । रास्वापा सांसद शिशिर खनालले भुटानी शरणार्थी प्रकरणमा दोषीहरूलाई जोगाउन लागिएको आशंका व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्नपाइन्छ भनेर प्रधानमन्त्रीले देखाएको ट्रेलरका आधारमा उत्साहित भएको तर फिल्मको दृष्यमा भने धेरै काँटछाँट हुन थालेको बताए ।

‘भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्नपाइन्छ भनेर प्रधानमन्त्रीले देखाएको ट्रेलरका आधारमा उत्साहित भइयो, तर यो फिल्मको दृष्य यति काँटछाँट हुन थालेको छ कि फिल्म त साह्रै बकवास हुन थालेको छ, ’ उनले भने।

खनालले रास्वपाले यो फिल्म हेरेर नबस्ने बताउँदै आईजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका सचिवको नाम पनि जोडिएकाले छानबिन गरी कारवाहीको दायरामा ल्याउन माग गरे।

‘नो इफ, न बट सबैमाथि छानबिन र कारवााही होस्, उनले भने।

प्रतिक्रिया दिनुहोस