भुटानी शरणार्थी प्रकरणमा ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ : प्रेम सुवाल

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १२ : ४१
भुटानी शरणार्थी प्रकरणमा ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौं । सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममासंसदमा बोल्दै सुवालले ओली र देउवाको नाम उल्लेख नगरेपनि दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् ।

‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्’ सुवालले भने, ‘यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?’ सुवालले भने,‘ एक पूर्वप्रधानमन्त्री (केपी शर्मा ओली) ले ४ सय जनालाई १० दश वर्षअघि भुटानी शरणार्थी बनाई अमेरिका छिराएको आफूसँग प्रमाण भएको सार्वजनिक रुपमा बताउनु भएको छ ।

यो विषय सरकारलाई थाहा छैन ?’   त्यस्तै अर्को प्रसंगमा उनल जापानमा राजवंशी कोटा खुल्यो भनेर ४ सय जनासँग ३ करोडभन्दा बढी ठगी गर्ने गिरोहमा मन्त्रीको समेत संलग्नता हुनसक्ने सुवालको आशंका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस